इटहरी अस्पतालमा भिडियोएक्सरे सेवा सुरु

इटहरी अस्पतालमा भिडियोएक्सरे सेवा सुरु

इटहरी अस्पतालमा भिडियोएक्सरे सेवा सुरु गरिएको छ ।

इटहरी अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र वरालले भिडियो एक्सरे सेवाको शुभारम्भ गर्नुभयो । इटहरी अस्पतालमा नीजि स्वास्थ्य सस्थाहरुको भन्दा करिव आधा अर्थात ६ सय रुपियाँमै भिडियो एक्सरे गरिने इटहरी अस्पतालका निमित्त प्रमुख डा मनिश शर्माले जानकारी दिनुभयो ।

इटहरी अस्पतालमा आएका विरामीलाई भिडियोएक्सरेका लागि अन्यत्र पठाउनुपर्ने वाध्यता हटेकोमा वडा नम्वर ९ का वडासदस्य गणेश खत्रीले खुशी ब्यक्त गर्नुभयो । आफूहरुले जनप्रतिनिधिका रुपमा कार्यकाल सुरु गरे यता इटहरी अस्पतालको स्तरोन्नतीमा उल्लेख्य कार्य गरेको वडा नम्वर ९ का वडाध्यक्ष एवं इटहरी अस्पताल संचालक समिति अध्यक्ष भुपेन्द्र वरालले दावी गर्नुभयो ।

अस्पतालका इमरजेन्सी इन्र्चाज राम कुमार धमलाले इटहरी अस्पतालको सेवालाई सहज वनाउन भिडियो एक्सरे खरिद गरि उपलब्ध गराएकोमा इटहरी उपमहानगर र अस्पताल समितिको नेतृत्वलाई धन्यवाद दिनुभयो ।

सम्बन्धित खवर