श्रीमतीको उपचारका लागि दाहाल सोमबार भारत जाँदै

श्रीमतीको उपचारका लागि दाहाल सोमबार भारत जाँदै

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भोलि (सोमबार) भारतको नयाँ दिल्ली जाँदै छन् ।

लामो समयदेखि बिरामी रहेकी श्रीमती सीता दाहालको थप उपचारको लागि दाहाल सोमबार नयाँ दिल्ली उड्न लागेका हुन् । दाहाल पत्नी सीताको उपचार मुम्बईस्थित अस्पतालमा हुनेछ ।

सोही अवसरमा नेकपा अध्यक्ष दाहालले भोलिनै भारतमा राजनीतिक भेटघाट समेत गर्ने स्रोतले जनाएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष दाहालले भारतीय राजनीतिक दलका उच्च तहका नेताहरुसँग गर्ने छलफलले नेपालको राजनीतिमा कोर्स परिवर्तन हुन सक्ने आकलन गरिएको छ ।

दाहाल पत्नी सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् । स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको हो ।

यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरिरहेकी थिइन् ।

सम्बन्धित खवर