- राजेन्द्र महतो
लहान : सिरहाको गोलबजारमा एकजना किशोरी बलात्कृत भएकी छिन् ।
गोलबजार नगरपालिका वडा नं १३ दुर्गापुरकी १५ बर्शिय किशोरीलाई आफ्नै गाउँका २४ वर्षिय प्रकाश शर्माले घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।
गत पुस १४ गते राती किशोरी घरमा एक्लै बसिरहेको बेला शर्माले जवर जस्ती करण्ी गरेको प्रहरीको अनुसन्धान बाट खुल्न आएको ईलाका प्रहरी कार्यालय गोलबजारले बताएको छ ।
पीडितका आफन्तले जर्बजस्तीकरणी सम्बन्धी इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दर्ता गराएका
छ्न्।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार जवरजस्ती करणीको उजुरी आएपश्चात घटनाबारे अनुसन्धान भईरहेको र घटनामा संलग्नको खोजी कार्य भईरहेको बताए ।