कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझै अन्योलमा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझै अन्योलमा

काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा आन्दोलनमा जाने या घोषित मध्यावधि निर्वाचनको तयारीमा लाग्ने भन्ने विषयमा विवाद हुँदा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु हुन सकेको छैन।

आइतबार १ बजेका लागि तोकिएको बैठक सुरु नभएको हो। विवादका विषयमा छलफल गर्न पार्टी मुख्यालयमा पदाधिकारीको बैठक जारी छ।

कांग्रेसको जारी बैठकमा संस्थापन पक्ष चुनावमा जाने पक्षमा छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा जाने अडानमा छ।

सम्बन्धित खवर