सशस्त्र प्रहरी जवान पदको परीक्षामा १४ जना नक्कली परीक्षार्थी पक्राउ

सशस्त्र प्रहरी जवान पदको परीक्षामा १४ जना नक्कली परीक्षार्थी पक्राउ

सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नक्कली परीक्षार्थी बनेर परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा केन्द्रबाट प्राप्त हुनासाथ खटिएको स्थानीय प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर