पात्रोमै नभएका दिन प्रचण्ड–माधव पक्षको वडा वडामा आन्दोलन घोषणा

पात्रोमै नभएका दिन प्रचण्ड–माधव पक्षको वडा वडामा आन्दोलन घोषणा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले पात्रोमै नभएको दिन वडा स्तरबाट आन्दोलनको घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध देशभर वडा वडाबाट बिरोध प्रदर्शन र सभा गर्ने घोषणा गरेको छ । दोस्रो चरणको संघर्षका कार्यक्रम अन्तर्गत २०७७ पौष ३० गते देशव्यापी सबैवडाहरुमा बिरोध प्रदर्शन र बिरोध सभ भनिएको छ तर पात्रोमा पौष महिना २९ गतेसम्मको मात्रै रहेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । चरणबद्ध आन्दोलनको सूचीमा पौष ३० गते देशव्यापी सबै वडाहरुमा विरोध प्रदर्शन र सभा गर्ने भनिएको छ । तर, पात्रोमा भने पौष ३० गते नै नभएको हो ।


सम्बन्धित खवर