प्रदेश १ पीएम कपको फाइनलमा प्रवेश

प्रदेश १ पीएम कपको फाइनलमा प्रवेश

प्रदेश नम्बर १ दाङमा जारी प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

लमहीमा शनिबार भएको दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश १ उपाधि नजिक पुगेको हो ।

लुम्बिनीले दिएको ५३ रनको सामान्य लक्ष्य प्रदेश १ ले ८ ओभर ५ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।

प्रदेश १ को लागि रुबिना क्षेत्रीले अविजित रहदै २६ रन जोडिन । यस्तै काजल श्रेष्ठ २२ रनमा अविजित रहिन् ।

यस अघि पहिले ब्याटिङ गरेको लुम्बिनी १४ ओभर १ बलमा अलआउट हुँदै ५२ रनमा समेटिएको थियो ।

लुम्बिनीका लागि नितु भण्डारीले सर्वाधिक २१ रन जोडेकी थिइन् । शर्मिला मगरले अविजित ७ रन जोड्दा अन्य ब्याट्सवुमनले खेल्न सकेनन् ।

लुम्बिनीलाई सस्तैमा समेट्न प्रदेश १ की संगीता राई र निग्मा तामाङले २/२ विकेट लिईन ।

अब प्रदेश १ ले उपाधिका लागि एपीएफ क्लबसँग खेल्नेछ ।

पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश क्रिकेट टिमलाई ९ विकेटले पराजित गर्दै एपीएफ फाइनल पुगिसकेको छ ।

फाइनल खेल आइतबार हुनेछ ।

सम्बन्धित खवर