बारामा कारको ठक्करबाट पाटेबाघको मृत्यु

बारामा कारको ठक्करबाट पाटेबाघको मृत्यु

बारा : पूर्वपश्चिम राजमार्गको बारा– जितपुर खण्डमा कारको ठक्करबाट पाटेबाघ मरेको छ । जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई बा १६ च ८११ नम्बरको कारले ठक्कर दिएको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा कारको ठक्करबाट बाघ मरेको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो । कार चालक सर्लाहीका अजय मिश्र र बाघलाई प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ ।

सम्बन्धित खवर