केपी ओलीले जनताका प्रतिनिधिलाई सडकमा फालेर आफु शासक बन्न खोजे : नेता पौडेल

केपी ओलीले जनताका प्रतिनिधिलाई सडकमा फालेर आफु शासक बन्न खोजे : नेता पौडेल

पोखरा : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका प्रतिनिधिलाई सडकमा फालेर आफु शासक बन्न खोजेको आरोप लगाएका छन्।

बिहिवार पोखरामा कास्की काँग्रेसले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको वर्तमान अबस्थामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भिकता विषयक प्रवचन कार्यक्रममा बोल्दै नेता पौडेलले लोकतन्त्रमा कोहि व्यक्ति पनि विशेष अधिकार सम्पन्न नहुने भन्दै ‌ पौडेलले भने ‘,विधिदाता भनेको हामी हौ,संविधान हामीले वनाएका हौ।प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले जनमत विरोधी काम गरेका छन् ।

संबिधानमा प्रधानमन्त्रीले यसरी संसद विघटन गर्ने व्यवस्था नै नरहेकोपौडेलले वताए ।

प्रधानमन्त्री र राष्ट्रपति मिलेर मिचेको संविधान बचाउने दायित्व काँग्रेसको हो भन्दै उनले राष्ट्रका घरेलुु शक्ति मिलेर संविधान बचाउनु पर्नेमा जोड दिए।

संविधान वचाउनका लागि कम्युनिस्ट संग मिल्न परे पनि मिल्नु पर्छ भन्दै ,नेता पौडेलले कम्युनिस्ट संग मिल्ने बित्तिकै सर्वनाश हुन्छ भन्ने मानसिकता हटाउन पनि आग्रह गरे।

सर्वोच्च अदालतले संबिधानको सहि ब्याख्या गर्दै बिधिदाताको मनसाय बुझेर फैसला गर्नेमा आफु विश्वस्त रहेको पनि पौडेलले वताए ।

चुनाव हुँदा त आफूहरुलाई क्षणिक फाइदा हुने तर संसद विघटनले वैधता पाउँदा संविधान र लोकतन्त्र नै जाने भएकाले यसको रक्षाका लागि काँग्रेस विरोधमा उत्रनु पर्ने नेता पौडेलले बताए ।

सम्बन्धित खवर