प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकियो : ओली

प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकियो : ओली

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली प्रचण्ड( नेपाल समुहप्रती थप आक्रामक बन्दै गएका छन् । प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई युद्धकालमा साथ दिएका कालीबहादुर खामहरु कता गए भन्दै प्रश्न गरेका छन् ।

बुधबार नेकपा केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा ओलीले यस्तो बताएका हुन् । उनले लोकेन्द्र विष्टको मन समेत प्रचण्डले भाँचेको बताए । ओलीले भने,“प्रचण्डले लोकेन्द्रको मन भाँचे । नत्र उनले किन कालो धान, ड्रागन फुड किन रोप्थे । युद्धका लडेकाहरुको शरीरमा गोली अझै छन् । प्रचण्डलाई उनीहरुको पीडा के थाहा ।” यस्तै  प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गरेका छन् ।

ओलीले प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको बताए । आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको उनले बताए । षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको भन्दै उनले भने, ‘तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रममा ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुदा ।’ ओलीले अघि भने, साबुन लायो, पखाल्यो जस्तोको तस्तै । अन्तिममा देखिहाल्नुभयो के हुँदोरहेछ ।’

सम्बन्धित खवर