भरुवा बन्दुक सहित काभ्रेबाट एक जना पक्राउ

भरुवा बन्दुक सहित काभ्रेबाट एक जना पक्राउ

काभ्रे : भरुवा बन्दुक सहित काभ्रेबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोशी गाउँपालिका(७ भस्मे बस्‍ने ५३ वर्षीय काजीमान तामाङ रहेका छन् ।

तामाङलाई १ थान भरुवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

काजीमानको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्‍ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त भरुवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

सम्बन्धित खवर