उदयपुर : उदयपुर निर्वाचन क्षेत्र २ प्रदेश (ख) की सांसद कला घलेले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावबाट आफ्नो हस्ताक्षर फिर्ता लिएकी छिन ।
सांसद घलेले नेकपा प्रचण्ड–नेपाल समूहबाट अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी थिइन ।
बुधबार सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गर्दै सांसद घलले अविश्वासको प्रस्ताव फिर्ता लिँदै मुख्यमन्त्री राईलाई सघाउने उद्घोष गरेकी हुन्।
उनले भनिन्, ‘देश र जनताको हितका लागि तत्कालीन परिवेशमा अविश्वासको प्रस्ताव उपयुक्त नभएको र ताजा जनादेश नै सर्वोतम विधि हो।’
आन्दोलनरत पक्षलाई इंगित गर्दै उनले भनिन्, ‘आन्दोलन छोडेर ताजा जनादेशका लागि निर्वाचनमा सहभागी हुनुको विकल्प छैन् ।’
सांसद घलेले आफू स्वास्थ्यका कारण यसअघि पार्टीले आयोजना गरेको केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रममा सहभागी हुन नसकेको बताएकी छन् ।