एकैपटक ७ वटा वडाकार्यलय बनाउँदै बेलबारी

एकैपटक ७ वटा वडाकार्यलय बनाउँदै बेलबारी

बेलबारी, बेलबारी नगरपालिकाले एकै पटक सात वटा वडामा वडा कार्यलयहरु निर्माण गर्ने भएको छ। नगरपालिकाकोआफ्नै वडा कार्यलयहरु नहुँदा भाडामा काम चलाउनुपर्ने भएकोले आर्थिक व्ययभार सँगसँगै दैनिक सेवा प्रवाहमा समेत असजिलो भएकोले आफ्नै कार्यलय बनाउन लागिएको नगरपालिकाले जनाएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरि वडा नं. ६ को वडा कार्यलय शिलान्यास गरिएको वडाध्यक्ष उदयबहादुर राईले बताए। बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी, नगर उपप्रमुख ढाकाकुमारी पराजुली र वडाध्यक्ष उदय बहादुर राईले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन्।

कार्यक्रममा वडा सदस्यहरु धनमाया वि.क., लक्ष्मण यादव र मुकेशकुमार मण्डल र वडाका कर्मचारीहरुको उपस्थित थियो।

सम्बन्धित खवर