मेस्सी बिनाको खेलमा बार्सिलोनाको बराबारी

मेस्सी बिनाको खेलमा बार्सिलोनाको बराबारी

लियोनल मेस्सी नभएको खेलमा बार्सिलोनाले ला लिगा फुटबलमा ईबरसंग बराबरी खेलेको छ ।

मंगलबार राति बार्सिलोनाले ईबरसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

चोटका कारण लियोनल मेस्सी आराम गरिरहेका छन् । तर बार्सिलोनाले घरेलु मैदानमा रेलिगेशनबाट जोगिन संघर्षरत ईबरसंग बराबरी खेल्दै अंक बाँड्यो ।

मार्टिन व्रेथवेटले पहिलो हाफमै पेनाल्टी खेर फालेपछि बार्सिलोनाले अग्रताको मौका गुमाएको थियो ।

दोस्रो हाफमा किकी गार्सियाले गोल गर्दै ईबरलाई सुरुवाती अग्रता दिलाए ।

त्यसको १० मिनेटपछि उसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याएका थिए ।

व्रथवेटसमक्ष बार्सिलोनालाई खेल जिताउने अवसर थियो । तर उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खुट्टाको चोटसंग आराम गरिरहेका मेस्सीले बार्सिलोनाको खेल हेरेका थिए । उनी मंगलबारमात्र अर्जेन्टिनाबाट फर्किएका हुन् ।

बार्सिलोना १ अंक सहित तालिकाको छैटौं स्थानमा रह्यो । रेलिगेशन जोनमा रहेको ईबर १६ अंक सहित तालिकाको १५ औं स्थानमा रह्यो ।

सम्बन्धित खवर