सुनकोशी नदीले बगाएर एक महिलाको मृत्यु

सुनकोशी नदीले बगाएर एक महिलाको मृत्यु

खोटाङ : सुनकोशी नदीले बगाएर एक महिलाको मृत्यु भएको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ बालनमारीको ४५ बर्षीया भ्याकी राईको सुनकोशी नदीले बगाएर मृत्यु भएको हो ।

सोमवार बेलुका ५ बजेको समयमा उदयपुरको ठाना गाउँमा रहेको आफ्नो माईती घरबाट घर फर्कदै गरेकी राई सुनकोशी नदीमा पानी खाने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएकोमा खोजतलास गर्ने क्रममा मंगलवार दिउँसो बगाएको स्थान भन्दा केही तल मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: