धनुषामा ट्रक र इन्धन बोक्ने ट्याङकर ठोक्किदा दुई जनाको मृत्यु

धनुषामा ट्रक र इन्धन बोक्ने ट्याङकर ठोक्किदा दुई जनाको मृत्यु

धनुषामा ट्रक र इन्धन बोक्ने ट्याङकर ठोक्किदा दुई जनाको मृत्यु भएको छ । गएराति धनुषाधाम नगरपालिका–९, धारापानीस्थित भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घुमाउरो बाटोमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ च ९३१७ नम्बरको पिकअप बोलेरोलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बीआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको तथा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल ट्याङ्कर सोही भारतीय ट्रकमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

दुर्घटनामा ट्याङ्कर चालक विराटनगर नगरपालिका–४ बस्ने ३६ वर्षीय अर्जुनकुमार मण्डल र भारतीय ट्रक चालक २० वर्षीय रंगिला कुमारको मृत्यु भएको छ ।

टाउकोमा गम्भीर चोट लागेका अर्जुन मण्डललाई जनकपुरको प्रादेशिक अस्पताल लैजाँदै गर्दा र रंगिलाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा ट्याङ्करका सहचालक विराटनगर–४ का धनराज यादव र अर्का भारतीय ट्रकका सहचालकसमेत गम्भीर घाइते भएका छन् । दुवैको उपचार भइरहेको कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर