चाडपर्वबाट बृहत् राष्ट्रिय एकता सुदृढ हुने राष्ट्रपति भण्डारीको विश्वास

चाडपर्वबाट बृहत् राष्ट्रिय एकता सुदृढ हुने राष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ महामारीका कारण उत्पन्न असहज परिस्थितिमा पूर्वसावधानीका उपाय अवलम्बन गरी चाड मनाउन हुन सबैमा आह्वान गरेकी छन् ।

तमु ल्होसार, उधौली पर्वका अवसरमा स्वदेश शुभकामना शन्देश दिंदै उनले यस पर्वले सम्पूर्ण नेपालीलाई भावनात्मक एकताका सूत्रमा आबद्ध गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भााव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरिन् ।

सम्बन्धित खवर