अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा ईण्डिया ८ विकेटले विजयी

अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा ईण्डिया ८ विकेटले विजयी

काठमाडौं : अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा ईण्डिया विजयी भएको छ । घरेलु टोलीलाई ८ विकेटले हराउँदै ईण्डियाले ४ म्याचको टेष्ट सिरिज एक एकको बराबरीमा ल्याएको हो ।

अष्ट्रेलियाले दिएको ७० रनको सामान्य लक्ष्य ईण्डियाले चौंथो दिनको दोस्रो सत्रमै २ विकेट गुमाएर पूरा गर्‍यो । शुभमन गील ३५ र कप्तान अजन्क्या रहाणे २७ रनमा अविजित रहे । चौंथो दिनको पहिलो सत्रमै कंगारु टोली २ सय रनमा समेटिएपछि भ्रमणकारी टोलीले सहज लक्ष्य पाएको थियो ।

पहिलो ईनिङसमा घरेलु टोलीले १ सय ९५ रन बनाएको थियो । ईण्डियाले पहिलो ईनिङसमा ३ सय २६ रन बनाएको थियो । तेस्रो टेष्ट जनवरी ७ बाट सुरु हुनेछ ।

यसैबीच, न्यूजिल्याण्डले दिएको २ सय ७३ रनको लक्ष्य पछ्याएको पाकिस्तालने खराब जवाफ फर्काएको छ । चौथो दिनको खेलको समाप्तिमा उसले ३ विकेट गुमाएर ७१ रन बनाएको छ ।

शान मसुद र अदित अली शून्य रनमा आउट भए भने हेरिस सोहिलले ९ रन बनाए । अजहर अलि ३४ र फवाद आलम २१ रनमा नटआउट छन् ।

पहिलो इनिङ्समा ४ सय ३१ रन बनएको न्यूजिल्याण्डले दोस्रो इनिङ्समा भने ५ विकेटको क्षतिमा १ सय ८० रनमा डिक्लियर गरेको थियो । पाकिस्तानले भने पहिलो इनिङ्समा २ सय ३९ रन बनाएको थियो ।

सम्बन्धित खवर