काठमाण्डौमा प्रचण्ड-नेपाल निकट नेकपाको विरोध प्रदर्शन (फोटो)

काठमाण्डौमा प्रचण्ड-नेपाल निकट नेकपाको विरोध प्रदर्शन (फोटो)

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल-माधव नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा आज देशभर प्रदर्शन गरिरहेको छ । यसै क्रममा काठमाडौंका विभिन्न स्थानबाट प्रदर्शन सुरू भएको छ । प्रदर्शनका सहभागीहरूले ‘असंवैधानिक कु खारेज गर’, ‘कठपूतली सरकार मूर्दावाद’,’विदेशी हस्तक्षेप बन्द गर’लगायतका नारा लगाएका छन् ।

काठमाडौंको विभिन्‍न स्थानबाट निस्किएको विरोध र्‍याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने नेकपाले जनाएको छ । विरोध सभामा अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायत शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

सम्बन्धित खवर