पाथीभरा मन्दिर क्षेत्रको आगो अझै नियन्त्रणमा आएन, हेलिकप्टरले पानी छर्कदै (सबैले एक सेयर गरौँ)

पाथीभरा मन्दिर क्षेत्रको आगो अझै नियन्त्रणमा आएन, हेलिकप्टरले पानी छर्कदै (सबैले एक सेयर गरौँ)

ताप्लेजुङमा अवस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा क्षेत्रमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् ।

बिहिबार देखि लागेको आगो मन्दिर परिसरमै पुगेपछि हिजो सिम्रिक एयरको हेलिकप्टरबाट पानी छर्किएर निभाउने प्रयास गरिएको थियो । अस्ति बेलुकाबाट केही कम भएको आगो हिजो फेरि तिब्रगतिमा हावा चलेपछि मन्दिर परिसरमै आगो पुग्न लागेको थियो । हिजो हेलिकप्टरले ५ पटक पानी छर्किएपछि केही कम भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाँईले जानकारी दिनुभयो । करिब ११ सय रोपनी आसपासमा फैलिएको आगोले ठुलो फेदि सानो फेदिमा क्षति पु¥याउन सक्ने भनेर सतर्कता अपनाइएको प्रजिअ चापागाँईले जानकारी दिनुभयो ।

हेलिकप्टरले जोर पोखरीबाट पानी ल्याएर आगो निभाउने प्रयास गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । ‘मन्दिर र आसपासका धर्मशाला बचाउन अन्तिम विकल्पको रुपमा हेलिकप्टरको प्रयोग गरेका हौं,’ काफ्लेले भन्नुभयो, ‘हेलिकप्टरले पाँच पटक पानी हालेपछि आगो मन्दिरसम्म पुग्न पाएन।’ विशेष प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै पानी हानेको थियो।

शनिबार बेलुकादेखि कम भएको आगो सोमबार बिहानबाट भने एक्कासी फैलिएको थियो। हावासमेत जोडले चल्न थालेपछि बढेको धुवाँको मुस्लोले पाथीभरा क्षेत्रको आकाश नै ढाकेको थियो। दिउँसो घाम चर्किएपछि भने आगोको लप्काले पाथीभराको डाँडोलाई वरिपरिबाट घेरेपछि मन्दिर जोखिममा परेको थियो।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मन्दिरका कर्मचारी र स्थानीयले समेत निभाउने अवस्था नभएपछि हेलिकप्टर बोलाइएको थियो। ‘आगो मन्दिरसम्म नपुगोस् भनेर हामीले अगाडि नै अग्नीरेखा बनाएका थियौं,’ पाथीभराका कर्मचारी इन्द्र पौडेलले भन्नुभयो ,‘दिउँसोको घाममा हावा चलेपछि रुखको टुप्पो टुप्पोबाट आगो सल्कदै मन्दिर नजिक पुग्यो, हेलिकप्टर नआएको भए निभाउन सम्भवै हुने थिएन।’ दुई सय ५० लिटरको बकेटमा हेलिकप्टरले पाँच पटक पानी हालेको थियो। अहिले मन्दिर परिसरमा खतरा नरहेको पौडेलको भनाई छ।

सम्बन्धित खवर