पथरीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

पथरीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

पथरी, मोरङको पथरी उर्लाबारी सडक खण्डमा सोमबार सडक दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । पथरी शनिश्चरे २ को पुर्वपश्चिम सडकमा पुर्वबाट पश्चिम जाँदै गरेको को १ च १९४५ नम्बरको स्कारपियोले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिदा मोरङ मिक्लाजुङ ४ का संन्तोष लिम्बुको घटनास्थलमा र सोही ठाउँका सुनिल विश्वकर्माको उपचारका क्रममा बिराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल पेट्रोल लिग भइ आगो लागेकाले मोटरसाइकलको पहिचान नभएको प्रहरीले जनाएको छ । स्कारपियोका चालक दमकका लक्ष्मी कुमार धिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलमा आगो लाग्दा मोटरसाइकल जलेर पूर्णरुपमा नष्ट भएको छ ।

सम्बन्धित खवर