ओम अस्पताल भन्छ ः इम्युन प्रतिकृयात्मक रोग खतरनाक छ

ओम अस्पताल भन्छ ः इम्युन प्रतिकृयात्मक रोग खतरनाक छ

कोभिड पश्चात देखा परेको इम्युन प्रतिकृयात्मक रोग प्रतिकृयात्मक इन्फ्लाम्मेटरी (सुजन गराउने) रोग खतरनाक रहेको ओम अस्पतालले जनाएको छ ।

हालसम्म एकजना किशोरमा रहेको यो रोग सफलता पूर्वक निदान गरेको पनि अस्पतालले जनाएको छ । यो रोगलाई एम.आई.एस.सी पनि भन्ने गरिएको छ । यो रोग अप्रिल २०२० मा प्रथमपटक युरोपमा पाइएको इम्युन गडबडीका कारण देखिएको पाइएको छ । यो रोग कोभिड पश्चातको इम्युन प्रतिक्रिया भएको पाइएको छ । यसर्थ, कोभिडले बच्चा र किशोर किशोरीमा समेत जटिलता ल्याउने देखिन्छ ।

अस्पतालका अनुसार ‘यो रोग बच्चा र किशोरमा गम्भीर र ज्यानै लिन सक्ने बहुआंगिक बिमारी हो तर यो रोग धेरै कम बच्चाहरुमा मात्र देखिन्छ । नेपालमा पनि भर्खरै रिपोर्ट हुन थालेको यो बिमारीको हालसालै ओम अस्पतालमा पनि निदान र सफल उपचार गरिएको छ । अत्यन्तै गम्भीर रुपमा बिरामी रहेका एक किशोर निरव पाण्डे यो रोगबाट गम्भीर रुपमा ग्रसित भई भर्ना भएका थिए । बिग्रँदो स्वासप्रस्वास र मुटुको समस्याका कारण उनलाई फिजिसियन डा. विश्वनाथ­­ कोइराला, एवं क्रिटिकल केयर चिकित्सक डा. प्रमेश श्रेष्ठको संयुक्त निगरानीमा सघन उपचार कक्षमा राखी उपचार शुरु गरिएको थियो ।’

उनको उपचारमा छाती रोग विशेषज्ञ डा. सुवोध सागर ढकाल, मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेल, डा. सुभाष साह, संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी, इन्टेन्सिभिष्ट डा. विपिन कार्की, ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा. राहुल पाठक, इम्युनोलोजिस्ट एवं ¥युमाटोलोजिष्ट डा. साकेत झा, साइकायट्रीस्ट डा. पुष्प प्रसाद शर्मा संलग्न रहेको अस्पतालले जनाएको छ ।

पेडियाट्रिक इम्युनोलोजिस्ट एवं ¥युमाटोलोजिष्ट डा. धर्मागत भट्टराईको परामर्शद्वारा लक्षण, बहुप्रणालीगत असर र रिपोर्टका आधारमा रोग एम.आई.एस.सी. भएको पुष्टि गरियो । डा. भट्टराई ‘पेडियाट्रिक इम्युनोलोजी तथा ¥युमाटोलोजि’ बिषयमा ‘डक्टरेट अफ मेडिसिन (डी.एम) डिग्री हासिल गर्ने प्रथम र हालसम्म एकमात्र नेपाली चिकित्सक हुन् ।

डा. भट्टराई भन्छन् “बिरामीका सम्पूर्ण क्लिनिकल, ल्याबोरेटरी र प्रणालीगत प्रमाणका आधारमा निदान गरी उपचार सुरु भयो । यो कोविडबिरुद्धको इम्युन प्रतिक्रिया सृजित समस्या हो । मुख्यतः ‘इन्ट्राभेनस इम्युनोग्लोब्युलिन र ‘इन्ट्राभेनस मिथाइलप्रेडनिसोलोनको प्रयोग पश्चात मुटुको गम्भीर सुजनमा उत्साहजनक सुधार देखियो । एम.आई.एस.सी. जस्ता तमाम इम्युनोलोजी र ¥युमाटोलोजिका बिमारी प्राय निदान नै नहुने, ढिलो निदान हुने र जटिलता भोग्नुपर्ने बाध्यता हुनसक्छ ।”

शरीरका थुप्रै अलग अलग प्रणाली जस्तै रक्तसंचार, श्वाशप्रश्वाश, स्नायु, पाचन आदि प्रणालीमा गम्भीर असर पुर्याउने यो बिरामीका प्रारम्भिक संकेत छाला र नरम अंग (आखाँ, जिब्रो, ओठ)मा देखिन सक्छन् । जुनसुकै उमेरमा हुनसक्ने भएपनि बढीजसो ५ बर्षमाथिका बालबालिका र किशोरमा यो रोग देखिएको छ ।

“कोविड (कोरोना भाइरल डिजिज) ले प्रत्यक्षरुपमा बालबच्चा र किशोरमा कम असर पार्ने मानिए पनि कोविडको इम्युन (प्रतिक्रिया स्वरूप हुने बिमारी) ले भने बाल तथा किशोरहरुमा गम्भीर समस्या ल्याउनसक्छ । यो रोग लाग्दा कोविड पिसिआर नेगेटिभ आएपनि कोविड एन्टीबडी पोजिटिभ देखिन्छ । एकातिर कोविडका सामान्य लक्षण देखिएका या लक्षण नै नदेखिएका बच्चामा पनि हुनसक्छ भने अर्कोतिर कोविड भएका सबैमा हुने भन्ने पनि होइन ।

यसबाट बच्न के गर्ने इम्युन प्रतिक्रियात्मक यो रोगबाट कुनै बच्चा या किशोरलाई जटिलता ल्याउने अवस्थामा पुग्न नदिन अभिभावकले हालको परिबेशमा ज्वरोसंगै आउने अरु लक्षणलाई बिशेष ध्यान दिनुपर्छ । तीनमा उच्च ज्वरोसंगै डाबर आउने, आखाँ, जिब्रो या ओठ रातो हुने, पखाला लाग्ने, पेट या टाउको दुख्ने, चिडचिड़े आलस्य या सुस्त हुने, हृदयगति बढ्ने, हातखुट्टा सुन्निने, स्वासप्रस्वासमा कुनैपनि प्रकारको समस्या आउनेजस्ता लक्षण देखिएमा तुरुन्त परामर्श लिन पनि डाक्टरले सुझाव दिएका छन् ।

सम्बन्धित खवर