मुखिया बिचको भागबण्डाको स्वार्थ नमिल्दा संविधान माथी खेलवाड ः डा. मिनेन्द्र रिजाल

मुखिया बिचको भागबण्डाको स्वार्थ नमिल्दा संविधान माथी खेलवाड ः डा. मिनेन्द्र रिजाल

किरण न्यौपाने, रंगेली

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपाका दुई कम्युनिष्ट राजाले गर्दा संविधान र लोकतन्त्र जोखिममा परेको बताउनु भएको छ । नेपाली काग्रेसले आज देशव्यापी रुपमा संघिय निर्वाचन क्षेत्रमा आयोजन गरेको सभालाई सम्बोधन गर्ने क्रममा मोरङ क्षेत्र नं. २ का सांसद समेत रहेका डा. रिजालले –दुई राजाहरु आफु–आफुमा को ठुलो मान्छे हुने भनेर लडाई गर्दा मुलक संकटमा परेको बताउनुभयो ।

आज भष्ट्रचारमा डुबेका नेकपा भित्र अन्तिम समय सम्म दुई मुखिया बिच भागवण्डाको स्वार्थ नमिल्दा संविधान माथी खेलबाड भएको र जनताले दुख भोग्नु परेको छ, डा. रिजालले संविधानले देखाएको बाटोमा नहिडेर प्रधानमन्त्री केपी शर्मा ओलीले जे मनमा आयो त्यही गरेर असंवैधानिक रुपमा संसद विघटन गरेको बताउनु भयो ।

उहाले भन्नु भयो –आफनो मात्र स्वार्थ हेर्ने हो भने, काग्रेसलाई यो भन्दा सहज अवस्था के हुन सकथ्योर तर प्रधानमन्त्रीको अधिनायकबाद सोचले संविधान अप्ठयारेमा परेकाले त्यसलाई जोगाउने जिम्मेवारी कांग्रेसको काधमा रहेको बताउदै नेपाली जनताले काग्रेससंग ठुलो अपेक्षा राखेको बताउनुभयो । डा. रिजालले प्रधानमन्त्री ओलीले चुनाव गराउने सोचले संसद विगठन नगरेको आरोप लगाउदै कुनैपनि हालतमा सत्त्ता नछाड्ने मनोवृतिका कारणले बैशाखमा नहुने बताउनुभयो ।

डा. रिजालले अर्को फरक प्रशंगमा समृद्ध र विकासको ठुल्ठुला गफ हाक्ने कम्युनिष्ट नेताले चिन र दिल्लीबाट रेल नल्याएर यी कम्युनिष्टको झगडाले यँहाको राजनीतिलाई प्रभावित गर्न दिल्ली र बेजिङबाट नीति निर्माता नेता भने भित्राएको बताउनुभयाे ।

सम्बन्धित खवर