थप ४ सय ८१ जना कोरोनामा संक्रमण

थप ४ सय ८१ जना कोरोनामा संक्रमण

 

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार काठमाडौं उपत्यकामा थप २०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा १७५, भक्तपुरमा ६ र ललितपुरमा २७ जना कोरोना संक्रमित थपिएका छन् ।

ऋबिककष्अ त्भअज घण्ण्×घण्ण्मन्त्रालयका अनुसार आइतबार देशभर ७ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ पुगेको छ । हाल देशभर ६ हजार ४ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६९ जना क्वारेन्टिनमा छन् ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजा ८ सय २५ पुगेको छ ।

सम्बन्धित खवर