प्रधानमन्त्री कप : एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश

प्रधानमन्त्री कप : एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरेका छन्।

लगातार दोस्रो जित निकाल्दै एपीएफ र लुम्बिनी प्रदेश पीएम कपको सेमिफाइनलमा पुगेका हुन् ।

दाङको देउखुरी क्रिकेट रंगशालामा भएको खेलमा एपीएफले प्रदेश २ लाई ८ विकेटले पराजित गर्यो ।

प्रदेश २ ले दिएको ७३ रनको सामान्य लक्ष्य एपीएफले १३ ओभर १ बलमा २ विकेट गुमाएर पुरा गर्यो ।

एपीएफका लागी ज्योती पाण्डेले ३० र कप्तान सिता रना मगरले १८ रन जोडिन् । यस्तै सरिता मगरले अविजित ६ रन बनाउँदा इन्दु बर्मा १ रनमा अविजित रहिन् ।

प्रदेश २ की कबिता गौतम र सरस्वती कुमारीले १–१ विकेट हात पारिन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश २ ले २० ओभरमा ८ विकेट गुमाएर मात्र ७२ रन बनायो ।

प्रदेश २ की अनुराधा चौधरीले सर्वाधिक १८ रन जोडिन् । यस्तै शोभा आलेले १३ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

प्रदेश २ लाई सस्तैमा समेट्ने एपीएफकी कप्तान सीता राना मगरले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । उनी लगातार दोस्रो पटक प्लेयर अफ दी म्याच घोषित भइन् । यस्तै रेखा रावल, करुणा भण्डारी, इश्वरी बिष्ट र राजमती ऐरीले समान १(१ विकेट लिए ।

बिहानै भएको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाइ पराजित गर्दै लगातार दोस्रो जित निकालेको थियो ।

प्रतियोगिता अन्तर्गत सोमबार दूई खेल हुनेछ ।

पहिलो खेलमा प्रतियोगिताबाट बाहिरिसकेका कर्णाली र प्रदेश २ कोबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा सेमिफाइनल पुगिसकेका एपीएफ र लुम्बिनी समुह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एपीएफ र लुम्बिनी दुवै टिम एक खेल अगावै सेमिफाइनलमा पुगेका हुन् ।

समुह ए मा रहेको कर्णाली प्रदेश र प्रदेश २ भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

सम्बन्धित खवर