अविश्वासको प्रस्ताव विरुद्ध डटेर सामना गर्ने मुख्यमन्त्री राईको भनाई

अविश्वासको प्रस्ताव विरुद्ध डटेर सामना गर्ने मुख्यमन्त्री राईको भनाई

विराटनगर : आफू विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उक्त प्रस्तावको आफूले डटेर सामना गर्ने बताउनु भएको छ ।

आफूविरुद्ध भएको अविश्वासको प्रस्ताव संविधान र संघीयता विरोधी भएको बताउँदै मुख्यमन्त्री राईले खास ठाउँबाट परिचालित भएर प्रदेशलाई कमजोर, अस्थिर बनाउने काम भएको भन्दै असन्तुष्टि व्यक्त पनि गर्नुभयो ।

‘सुनियोजित, बनिबनाऊ र खास ठाउँबाट परिचालित भएर प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता र अव्यवस्था निम्त्याउने, संघीयतालाई असफल बनाउने निर्देशित ढंगबाट यो अविश्वासको प्रस्ताव दर्ता भएको छ’, मुख्यमन्त्री राईले भन्नुभयो, ‘यो सुनियोजित, निर्देशित, चालबाजी, गोटी हो भन्ने प्रदेश सांसदहरुलाई राम्रो थाहा छ ।’

प्रदेशको संरचनालाई तहसनहस बनाउने चाहनामा आधारित भएर प्रस्ताव आएकोले यसलाई असफल बनाउन बहुमत सदस्यको साथ पाउने आफूलाई विश्वास रहेको मुख्यमन्त्री राईको भनाइ थियो ।

उहाँले प्रदेश १ मा अब सर्वदलीय सरकार बन्न सक्ने संकेत गर्दै प्रदेशसभाको सम्पूर्ण दलको विषयमा छलफल गरेर सहमतिका साथ अगाडि बढ्ने बताउनु भयो ।

मुख्यमन्त्री राईले आफूविरुद्धको अविश्वास प्रस्ताव केन्द्रकै असर भएको तर्क गर्दै प्रतिनिधिसभा विघटनको प्रस्ताव सही कदम भएको बताउनु भयो ।

सम्बन्धित खवर