मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदै,अर्थ मन्त्रीबाट आङ्बो बर्सास्त

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदै,अर्थ मन्त्रीबाट आङ्बो बर्सास्त

विराटनगर । वाग्मती प्रदेशमा मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध शुक्रबार अविश्वास प्रस्ताव दर्ता भएकोमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध आज प्रस्ताव दर्ता हुँदैछ ।

आफू सहभागी सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफैँ लागेको थाहा भएपछि आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेको मुख्यमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भइसकेको छ । नेकपाको बहुमत केन्द्रीय समितिको बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट बर्खास्त गरेको छ ।

यसअघिदेखि नै प्रदेश १ का मुख्यमन्त्री राई विरुद्ध नेकपाका प्रदेश संसदहरु असन्तुष्ट रहँदै आएका थिए । उनीहरुले केही महिना अघि नै अविश्वास प्रस्तावको तयारी गरेको भएपनि पार्टी अध्यक्ष प्रचण्ड र नेता माधबकुमार नेपालको निर्देशनमा रोकिएको थियो । अब भने अविश्वास प्रस्ताव दर्ताको अन्तिम तयारी भएको छ ।

स्रोतका अनुसार आज नै प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेछ । पार्टीको केन्द्रीय नीतिअनुसार नै प्रदेश–१ सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको नेकपा स्थायी समिति सदस्य तथा प्रदेश १ का सांसद भीम आचार्यले जानकारी दिनुभयो । सम्भवत आचार्यलाई मुख्यमन्त्रीको रुपमा प्रस्वाव गरेर अविश्वास प्रस्ताव दर्ता हुनेछ ।

९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन् । प्रदेशसभामा नेपाली काँग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य छन् ।

आपूm विरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि ओली समूहले सांसदहरुलाई प्रभावित पार्ने प्रयास गरिरहेको छ । उनीहरुलाई पकाउन नसोधीकन केन्द्रीय समितिमा मनोनितसमेत गरेको थियो । तर, सामाजिक विकास राज्यमन्त्री जसमायाँ गजमेर, प्रदेशसभा सदस्य गोपाल बुढाथोकी र कला घलेले ओली समूहको केन्द्रीय सदस्य बन्न अस्वीकार गरिसक्नुभएको छ ।

सम्बन्धित खवर