कृषि शाखामार्फत ८१ वटा प्लाष्टिक टनेल वितरण

कृषि शाखामार्फत ८१ वटा प्लाष्टिक टनेल वितरण

पथरी, मोरङको पथरीशनिश्चरे नगरको कृषि शाखामार्फत आज ८१ वटा प्लाष्टिक टनेल वितरण भएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं, कृषि शाखा प्रमुख सावित्रा कार्की सहितले कृषकहरुका लागि टनेल वितरण गर्नुभयो । ५० प्रतिशत अनुदानमा बेमौसमी तरकारीमा वातावरणीय सहजता प्रदान गर्न टनेल वितरण गरिएको हो । नगरको कृषि कार्यक्रम अन्तर्गत ४ लाखको लागतमा टनेल वितरण कार्यक्रम भएको शाखाले जनाएको छ ।

सम्बन्धित खवर