प्रभु साह, टोपबहादुर रायमाझी र मणि थापा मन्त्री हुँदै

प्रभु साह, टोपबहादुर रायमाझी र मणि थापा मन्त्री हुँदै

प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरू थपेका छन्।

नयाँ थपिएका मन्त्रीहरूको शुक्रबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा सपथ हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रतिनिधि सभा विघटनपछि ओली सरकारमा रहेका सात जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए।

आज प्रभु साह, टोपबहादुर रायमाझी र मणि थापा मन्त्री बन्न लागेका हुन्।

उनीहरू तीनै जना पूर्वमाओवादी हुन्। साह श्रम, रायमाझी उर्जा र थापा पर्यटन मन्त्री बन्न लागेको स्रोतले बतायो।

साह केही दिनअघिसम्म प्रचण्ड(नेपाल समूहको बैठकमा सहभागी थिए। पार्टीमा दुई अध्यक्ष भएपछि उनले त्यसको विरोध गरेका थिए।

प्रधानमन्त्री ओलीले आज अरू पनि मन्त्री थप्न सक्ने स्रोतले जानकारी दियो।

यसैबीच प्रधानमन्त्री ओली साँझ ६ बजेका लागि डाकिएको मन्त्रिपरिषद् बैठक दुई घन्टा पर सारेका छन्। नयाँ मन्त्रीहरूलाई पनि बैठकमा सहभागी गराउन बैठक ८ बजेका लागि सारिएको बालुवाटार स्रोतले जानकारी दियो।

सम्बन्धित खवर