चिनियाँ राजदूत होउ यान्छी र माधवकुमार नेपालबीच भेटवार्ता

चिनियाँ राजदूत होउ यान्छी र माधवकुमार नेपालबीच भेटवार्ता

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपाललाई भेटेकी छन्।

नेपाल निवास कोटेश्वरमा शुक्रबार उनीहरूबीच भेट भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। रिजालका अनुसार भेटमा उनीहरूबीच आपसी हितका विषयमा छलफल भएको छ।

यसअघि बिहीबार खुमलटार पुगेर राजदूत यान्छीले अध्यक्ष पुष्पकमल दाहाललाई भेटेकी थिइन्।

राजदूत यान्छी र प्रचण्डबीच नेकपाभित्र विकसित राजनीतिका विषयमा छलफल भएको थियो।

यसअघि पनि नेकपाभित्रका नेताहरूबीचको अन्तर्संघर्ष तीव्र बनेका वेला चिनियाँ राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो ।

यसअघि संसद् विघटन भएपछि नेकपाको दुवै समूहले बेग्लाबेग्लै केन्द्रीय समितिको बैठक बोलाएलगत्तै राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गरेकी थिइन्।

सम्बन्धित खवर