काठमाडौँ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेको छ । निर्वाचन आयोगका अधिकारीहरुलाई भेटेर आफूहरुसँग बहुमत केन्द्रीय सदस्य भएकाले आफ्नो समूह नै आधिकारिक नेकपा भएको जानकारी दाहाल-नेपाल समूह निर्वाचन आयोग पुगेका हुन् ।
शुक्रबार दाहाल–नेपाल समूहका शीर्ष नेताहरु अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, प्रतिनिधिसभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरुलगायतका नेता कार्यकर्ताहरु उपस्थित भएर संसद विघटन विरुद्धमा आन्दोलन सुरु गरेका हुन् ।
माइतीघरबाट सबै जना निर्वाचन आयोग गए पनि भित्र भने शीर्ष नेताहरुलाई मात्रै प्रवेश दिइएको छ ।