मकवानपुर : सत्तारुढ नेकपाको केन्द्रको विवाद वाग्मती प्रदेशमा पुगेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका छन् । राजीनामा दिएका मन्त्रीसहित ४६ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।