नेपाल र प्रचण्ड प्रधानमन्त्रीको कदमविरुद्ध सडकमा (फोटो)

नेपाल र प्रचण्ड प्रधानमन्त्रीको कदमविरुद्ध सडकमा (फोटो)

काठमाण्डौ : नेकपा प्रचण्ड-नेपाल समूहका मुख्य तीन शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल सडक आन्दोलनमा उत्रिनुभएको छ ।

पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार अरु नेताहरुसँगै उहाँहरु माइतीघर मण्डलाको प्रदर्शनमा सहभागी हुनुभएको हो ।

‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर सडकमा पलेँटी कसेर बसेको उहाँहरुको तस्बिरको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने पूर्वघोषित कार्यक्रमअनुसार नेताहरु माइतीघर मण्डलामा पुगेर प्रदर्शन थालेका हुन् ।

प्रदर्शनमा विघटित प्रतिनिधिसभाका प्रचण्ड-नेपाल समूहका अरु सदस्यहरुले ‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड बोकेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा आज सर्वोच्च अदालत र निर्वाचन आयोग जाने प्रचण्ड-नेपाल समूहको तयारी छ ।

तस्बिर : सामाजिक सञ्जाल 

सम्बन्धित खवर