सहिद स्मारक लिग ‘सी’ डिभिजन चैत १ बाट सुरु हुने

सहिद स्मारक लिग ‘सी’ डिभिजन चैत १ बाट सुरु हुने

काठमाडौँ : कोरोना भाइरस संक्रमणको महामारीका कारण स्थगित भएको सहिद स्मारक लिग ‘सी’ डिभिजन चैत १ बाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र तेस्रो डिभिजनमा रहेका क्लब पदाधिकारीबीचको छलफलपछि सी’ डिभिजन चैत १ बाट सुरु निर्णय गरेको थियो ।

कोरोनाका कारण गत वर्षको अन्तिममा सुरु गर्ने तयारी गरिएको सी डिभिजन लिग स्थगित बनेको थियो । कोरोना संक्रमणको डरले लामो समय घरेलु फुटबल बन्द रह्यो ।

एन्फाले यसअघि फागुन ११ बाट ‘बी’ डिभिजन लिग सुरु गर्ने निर्णय गरेको थियो । एन्फाले गत वर्ष स्थगित बनेका घरेलु फुटबलका प्रतियोगितालाई यस वर्ष सक्ने तयारी गरेको छ ।

एन्फा र क्लबबीचको छलफलका क्रममा प्रत्येक टिमले लिगको तयारीका क्रममा ९ लाख रूपैयाँ पाउने छन् । पछिल्लो संस्करणको तुलनामा तयारी रकममा दुई लाख रुपैयाँ वृद्धि गरिएको हो । एन्फाले बुधबार मात्र सहिद स्मारक सी डिभिजन लिग फागुन ११ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खवर