काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो निर्वाचन क्षेत्रमा आफूसँग निर्वाचनमा उठ्न र जितेर देखाउन चुनौती दिएका छन्। आफूले पाँचपटक चुनाव जितेको भन्दै केपी ओलीसँगै चुनाव लड्न आफू तयार भएको बताएका हुन्।
पार्टी कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘म पाँचपल्ट चुनाव जितेको मान्छे हुँ, अबको चुनावमा केपी ओलीसँगै लड्न तयार छु।’
साथै उहाँले ओलीले असंवैधानिक कदम चालेर लोकतन्त्रको हत्या गरेकाले कांग्रेस संविधान बचाउन आन्दोलनमा उत्रिनुपर्ने पनि तर्क गरे। केही दिनअघि तनहुँमा एक कार्यक्रममा प्रहरीले उनीमाथि अभद्र व्यवहार गरेको भन्दै उनी सरकार र प्रधानमन्त्री ओलीप्रति रुष्ट भएका छन्।