ओली पक्षद्वारा प्रचण्डको कार्यकारी अधिकार बदर गर्ने निर्णय

ओली पक्षद्वारा प्रचण्डको कार्यकारी अधिकार बदर गर्ने निर्णय

काठमाण्डौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरेको छ ।

ओली पक्षको केन्द्रीय कमिटीको बिहीबारको बैठकले प्रचण्डलाई यसअघिको स्थायी कमिटी र केन्द्रीय कमिटीले दिएको कार्यकारी अध्यक्षको अधिकार बदर गर्ने निर्णय गरेको हो ।

प्रचण्डलाई अध्यक्षबाट नहटाइएको तर कार्यकारी अधिकारको दुरुपयोग गरेकाले अधिकार भने बदर गरिएको ओली पक्षका नेताहरूले बताएका छन् । ओली पक्षले ओलीको मात्रै हस्ताक्षर चल्ने गरी निर्णय गरेर निर्वाचन आयोगमा पत्र पठाइसकेको छ ।

सम्बन्धित खवर