चिनियाँ राजदूत होउ यान्छी र ‘प्रचण्ड’बीच भेटबार्ता

चिनियाँ राजदूत होउ यान्छी र ‘प्रचण्ड’बीच भेटबार्ता

चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नुभएको छ ।

राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्षलाई भेट्न राजदूत यान्छी बिहीबार बिहान उहाँको निवास खुमलटारमा पुग्नुभएको थियो।

स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा कुराकानी भएको थियो।

उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ।

यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो।

सम्बन्धित खवर