गृहमन्त्री बादल ओलीकै समूहमा

गृहमन्त्री बादल ओलीकै समूहमा

आफूनिकटको बैठकमा संसद विघटनलाई प्रतिगामी कदम भनेको नेकपा स्थायी समिति सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अन्ततः त्यहि प्रतिगामी कदमको साथ दिने भएका छन् ।

आफूनिटक सबै नेताहरु पार्टीको संस्थापन खेमा ९प्रचण्ड–नेपाल० पक्षमा खुलेपनि कतै नखुलेका थापा गृहमन्त्री पद सुरक्षित राख्दै प्रधानमन्त्री केपी ओली समूहमा रहने तय गरेका हुन् ।

पार्टीका दुबै अध्यक्ष प्रचण्ड र केपी ओलीसँग छलफलमा रहेर केहि दिनपछि निर्णय गर्ने बताएका थापा संभवत बिहीबार बस्ने ओली समूहको बैठकमा सहभागी हुनेछन् । नेकपाको लामो विवादमा कहिले तठस्थ, कहिले प्रचण्डको पक्षमा र कहिले ओलीको पक्षमा देखिँदै आएका उनलाई केन्द्रीय समितिका करिब ४० सदस्यमध्ये एक जनाले मात्र साथ दिने बुझिएको छ ।

बादल समूहका स्थायी समिति सदस्यहरु पम्फा भुषाल र देव गुरुङ प्रचण्ड समूहमा सक्रिय रहेका छन् भने उनी निकट सबै केन्द्रीय सदस्यहरु यसअघि बबरमहलमा बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । थापालाई साथ दिँदै आएका उनका सल्लाहकार सुर्य सुवेदी पनि अन्तिम समयमा प्रचण्ड समूहमा आउने भएका छन् । सुवेदीकी श्रीमति ज्ञानु सुवेदी यसअघि नै प्रचण्ड समूहको बैठकमा सहभागी भइसकेकी छन् ।

आपूmनिकटसँगको छलफलमा ओलीको कदम प्रतिगामी रहेकोले विचार मिल्नेसँग सहकार्य बताएका थापालाई ओली पक्षम नजान निकटहरुले दबाब दिएका थिए । उनीहरुले प्रचण्ड–नेपाल समूह अग्रगामी रहेको र उनीहरुले उठाएको विषय नै सहि भएकोले साथ दिन आग्रह गरेका थिए । तर, उनलाई फर्काउन पहल गर्नेहरु बुधबारबाट निरास भएका छन् ।

प्रचण्ड समूहमा लाग्दा गृहमन्त्री पनि छोड्नुपर्ने र भविष्य पनि निश्चित नभएको भन्दै उनले ओली समूहमै रहने जनाउ आफू निकट नेताहरुलाई दिएका छन् । ‘प्रचण्डसँग जाँदा गृहमन्त्री छाड्नुपर्छ, भविष्य पनि निश्चित छैन’ उनको भनाइ उदृत गर्दै उनीनिकट एक केन्द्रीय सदस्यले भने, ‘ओलीसँग रहँदा गृहमन्त्री पनि सुरक्षित हुने र पार्टीमा पनि दोस्रो बरियता पाउने भएकोले उतै रहन्छु ।’

सरकारमा रहेकोले ओलीको साथ दिएको भएपनि ओली प्रतिक्रान्तिको बाटोमा रहेकोले अन्तिम अवस्थामा उनलाई साथ नदिने थापाको भनाइ रहँदै आएको थियो । तर, बुधबार ओलीलाई भेटेपछि उनी गृहमन्त्री सुरक्षित राखेर ओलीको साथमा रहने निश्चित गरेका हुन् । उनले ओलीसँग सहअध्यक्षको माग गरेको स्रोतले जनाएको छ ।

वादल ओलीसँग रहँदा पूर्वमाओवादीबाट उनलाई साथ दिने एक मात्र केन्द्रीय सदस्य दावा तामाङ बनेका छन् । त्यसबाहेक उनीनिकट सबै नेताहरु प्रचण्डसँगै रहेका छन् । त्यसो त ओलीलाई स्थायी समितिमा रहेका पूर्वमाओवादीका लेखराज भट्ट र टोपबहादुर रायमाझीले पनि समर्थन गरेका छन् ।

सम्बन्धित खवर