प्रधानमन्त्रीद्वारा महान्यायाधिवक्ता कार्यालयको नयाँ भवन उद्घाटन

प्रधानमन्त्रीद्वारा महान्यायाधिवक्ता कार्यालयको नयाँ भवन उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता कार्यालयको नयाँ भवन उद्घाटन गरेका छन् । रामशाहपथस्थित सर्वोच्च अदालतसँग रहेको भवनको प्रधानमन्त्री ओलीले बुधबार एक कार्यक्रमबिच उद्घाटन गरेका हुन्।

२०७५ असोज २४ मा शिलान्यास भएर ७३ करोड ६९ लाख ३५ हजार रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण सम्पन्न सो भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय आयोजनाअन्तर्गत बनाइएको हो ।

समारोहमा सरकारी वकिलको तीन दिने तेस्रो राष्ट्रिय सम्मेलनको पनि उद्घाटन गरिएको छ। कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, महान्यायाधिवक्ता अग्‍नि खरेललगायत उपस्थित थिए।

सम्बन्धित खवर