रंगेली शिक्षा शाखा र विद्यालयको लापरवाहीले स्थानिय त्रसित, ६० बढी विद्यार्थीमा उच्च ज्वरो

रंगेली शिक्षा शाखा र विद्यालयको लापरवाहीले स्थानिय त्रसित, ६० बढी विद्यार्थीमा उच्च ज्वरो
  • किरण न्यौपाने

रंगेली : मोरङको रंगेली स्थित जनता माध्यमिक विद्यालय आमतोला र नगर शिक्षा शाखाको लापरवाहीले गत आईतवार एकाएक एकै विद्यालयका ६० बढी विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएको खवर फैलियो । कोरोनाका कारण करिव ९ महिना देखि ठप्प रहेको शैक्षिक क्षेत्र खुलाउने उदेश्य सहित दक्षिण पुर्वी मोरङको ६ पालिकाले संयुक्त निर्णय गरेपछी यहाका विद्यालयहरु खुलेका थिए ।

मंसिर १५ गते देखि नगरका १७ निजि तथा सामुदायीक र मर्दशा गरी ४४ वटा विद्यालयहरु संञ्चालनमा छन् । स्वास्थ्य मापढण्ड पालन गर्दै दुई साता देखि विद्यालय खुलेको अवस्थामा रंगेली नगरपालिका ४ आमतोला स्थित रहेको जनता माध्यमिक विद्यालयका कक्षा १ देखी ६ सम्मका ६० बढी विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएपछी नगर शिक्षा शाखा र विद्यालयको कमजोरीले स्थानिय आतंकित बन्न पुगेका हुन् ।

घटना बाहिरिए लगतै विभिन्न सञ्चार माध्यममा खवर आएपछी हामीले विद्यालयले १०४ डिग्री सम्म ज्वरो देखिएको भनिएका विधार्थीहरुलाई घर घरमा गएर ज्वरो मापन गर्दा ज्वरो देखिएन रंगेली नगर स्वास्थ्य शाखाका प्रमुख ब्रजेश मेहताले बताए । उनले– हामीले त्यति खेरै थर्म गन विग्रीएर त्यस्तो समस्या भएको होला भनी अनुमान गरेका थियौ तर स्वास्थ्य संग जोडिएको विषय भएकाले पिसिआर संकलन गरेका थियौ ।

रंगेली स्वास्थ्य शाखाले समस्या देखिएका भनिएका विधार्थीहरु मध्ये ११ जनाको रेन्डमली स्वाप परिक्षण गर्दा बुधवार उनिहरु सबैको रिर्पोट नेगेटिभ देखिएको छ । विद्यालय र नगर शिक्षा शाखाले स्वास्थ्य संग जोडिएको घटना नगर स्वास्थ्य शाखा संग समन्वय नगरी ३ दिन विद्यालय विदा दिएको थियो ।

स्थानिय एक अभिभावकले विद्यालयका बच्चाहरुमा ज्वरो देखिएपछी स्वास्थ्य शाखा संग समन्व्य गरेर बास्तविकता ठम्याएर मात्र घर पठाउनु पथ्र्यो तर शिक्षा शाखा र विद्यालयको ठुलो लापरवाही देखिएको बताए ।

यता विद्यालयका प्रधानध्यापक सेवन्त गौतमले सो दिन आफु विदामा रहेको र निमित्त प्रअ बाट त्यस्तो खवर आएकोले विद्यालयका अन्य विद्यार्थीहरुलाई सुरक्षित गराउन घर बाट आएकाले उनिहरुलाई घरै पठाएको प्रतिक्रिया दिएका छन् । नगर शिक्षा शाखा प्रमुख रविन्द्र पण्डितले अचानक घटना आएपछी के गर्ने भनेर अन्योल भएपछी विधार्थीहरुलाई घर पठाएको बताउदै अब यस्तो विषयमा संवेदनशिल हुने बताए ।

सम्बन्धित खवर