प्रभानमन्त्री भेट्न बालुवाटारमा बादल

प्रभानमन्त्री भेट्न बालुवाटारमा बादल

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटबार्ता गरेका छन्। बुधबार बिहान करिब ११ बजे मन्त्री बादलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीसँग भेट वार्ता गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिनुभयो। भेटमा नेकपाको पछिल्लो घटनाक्रम र समसामयिक राजनीतिका बारेमा कुराकानी भएको बताइएको छ।

पछिल्लो समय नेकपामा गुट-उपगुट र आ-आफ्नै पक्षका भेलाहरू भए पनि गृहमन्त्री बादल कुनै पनि पक्षमा खुलेर लागेका छैनन्। उहाँलाई फकाउन प्रचण्ड र ओली दुवै पक्षले निरन्तर प्रयास गरिरहेका थिए।

मंगलबार प्रचण्डले पनि बादललाई भेटेर आफ्नो पक्षमा लाग्न र आफूहरूलाई सहयोग गर्न आग्रह गरेका थिए। त्यस्तै संसद विघटन गर्नुभन्दा अघिल्लो दिन प्रधानमन्त्री ओलीले बादललाई निवासमै गएर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।

 

सम्बन्धित खवर