युभेन्टसलाई फियोरेन्टिनाले ३–० ले हरायो

युभेन्टसलाई फियोरेन्टिनाले ३–० ले हरायो

युभेन्टसले इटालियन सिरी ए फुटबलको जारी सिजनमा पहिलो हार भोगेको छ ।

गएराति भएको खेलमा १० खेलाडीमा सीमित युभेन्टसलाई फियोरेन्टिनाले ३–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलको १८ औं मिनेटमा नै जुवान कुआड्राडो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो ।

खेलको तेस्रो मिनेटमा भ्लाहोविधले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको ७६ औं मिनेटमा युभेन्टसका लोबो सिल्भाले आत्मघाती गोल गरेपछि अग्रता दोब्बर भयो भने ८१ औं मिनेटमा कासेरिसले गोल गरेपछि फियोरेन्टिना ३–० ले विजयी भयो ।

यो हारपछि १३ खेलबाट २४ अंक जोडेको युभेन्टस चौथो स्थानमा झरेको छ भने १४ खेलबाट १४ अंक जोडेको फियोरेन्टिना १५ औं स्थानमा छ ।

सम्बन्धित खवर