काठमाडौं : कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारण तनहुँमा एक जनाको मृत्यु भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ जिल्ला व्यास नगरपालिका ५ का ६४ बर्षिय कोरोना संक्रमित पुरुषको पुस ६ गते बेलुका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले विज्ञप्ती मार्फत जानकारी दिएको छ।