११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने ओलीको तयारी

११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने ओलीको तयारी

फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले झन्डै १२ सय सदस्यीय महाधिवेशन आयोजक समिति बनाएका छन्।

मंगलबार बिहान बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यहरूको बैठकमा प्रधानमन्त्री ओलीले १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको जानकारी दिएका हुन्।

नेकपामा अहिले ४ सय ४६ जना केन्द्रीय सदस्य छन्। आजै ५ सय ५६ जना नयाँ सदस्य थप्ने र १ सय ९७ जना पछि थप्ने गरी महाधिवेशन आयोजक समिति बनाउने ओलीको योजना छ।

सम्बन्धित खवर