‘केपी ओली कुरीकुरी धेरै भयो चुरीफुरीः’नेपाल तरुण दल पथरी शनिश्चरे

‘केपी ओली कुरीकुरी धेरै भयो चुरीफुरीः’नेपाल तरुण दल पथरी शनिश्चरे

कुमार खड्का
मोरङमा ससद बिघटनको बिरोध गर्दै सोमबार साँझ कांग्रेस सम्बद्ध नेपाल तरुण दलले रास्ट्रपति र प्रधानमन्त्री को पुत्ला दहन गर्दै ‘केपी ओली कुरीकुरी धेरै भयो चुरीफुरी’ को नारा घन्काएका छन् । मोरङको पथरी थनिश्चरे नगर समितिले राष्ट्रपति र प्रधानमन्त्री असबैधानि कदमो विरोध गर्दैे पुत्ला दहन गरेको हो ।


सोमबार साँझ करिव ५ बजे पार्टी कार्यालय हुनुमान चौकबाट झण्डा ब्यानरसहित निस्केको र्‍याली पथरी बजार परिक्रमा गर्दै लोकतान्त्रिक चोकमा पुगेर कोण सभा गरेको थियो । ‘सर्वसत्तावादी ओली सरकार मुर्दावाद, असबैधानिक कदम खारेज गर’ ‘केपी तेरो पाराले दुःख पाए साराले’, ‘केपी ओली कुरीकुरी धेरै भयो चुरीफुरी’ जस्ता नारा लगाउदै करिव ५ सयको हाराहारीमा तरुण र पार्टीका नेता कार्यकताको उपस्थिति रहेको थियो ।


प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेकोमा विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेको हो ।
कोणसभामा पार्टीको महासमिति सदस्य बसन्त भट्टराईले ओलीको असबैधानिक कदम खारेज गर्नुपर्ने विचार राखेका थिए ।
राष्ट्रपतिले ओलीको कार्यालय सचिव जस्तो भएर काम गरेको बताए । खड्ग ओली भ्रष्टचारको नाइके भएको आरोप लगाउदै जनतालाई बाराम्बार धोका दिदै आएको बताए ।
भट्टराईले संसदीय व्यवस्था मान्ने कम्युनिष्ट नहुने बताए ।नेपाल तरुण दलको नगर सभापति सन्तोष कटुवालले ओलीको असवैधानिक कदम खारेज नभएसम्म तरुण दल सडक मै आन्दोलन गरि रहने बताए ।

सम्बन्धित खवर