विराटचौकमा काङ्ग्रेसको विरोध सभा: कार्यक्रम गर्नेलाई भन्दा हेर्नेलाई लाज

विराटचौकमा काङ्ग्रेसको विरोध सभा: कार्यक्रम गर्नेलाई भन्दा हेर्नेलाई लाज

 

सुन्दरहरैचा । संसद विघटन गर्ने निर्णयको विरोधमा देश भर विभिन्न राजनितिक दलले विरोध कार्यक्रम गर्ने तय गरेका छन । ओलीको उक्त निर्णयको काङ्ग्रेसले देश भर कार्यक्रम गर्दै आएको छ । काङ्ग्रेसले आयोजना गरेको उक्त विरोध कार्यक्रम सुन्दरहरैचामा पनि सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेस निकट भातृ संगठन नेपाल विधार्थी संघ सुन्दरहरैचा र नेपाल तरुण दल सुन्दरहरैचाद्वारा सयुक्त आयोजना गरेको सयुक्त कार्यक्रम गर्नेलाई भन्दा हेर्नेलाई लाज भने जस्तै भएको थियो ।

विराटचौकमा भएको कोण सभा हेर्न वरिपरि बसेका सर्वसाधारण व्यक्तीहरु काङ्ग्रेसको उपस्थिति देखेर लज्जाबोध भएको बताईरहेका थिए । विराटचौकमा विरोध कार्यक्रम गर्ने विषयमा बिहान नेपाली काङ्ग्रेस सुन्दरहरैचाको पार्टी कार्यालयमा केही युवाहरुको बैठक समेत बसेको थियो । तर बैठकमा समेत विराटचौकका केही युवाहरु बसेर मात्र निर्णय गरेको आरोप केही नेताहरुले लगाएका छन ।

बैठकमा केही गुटगत नेताहरु बसेर निर्णय गरेको आरोप लागे सगै त्यसको नकारात्मक पणिराम विरोध सभामा देखिएको छ । सुन्दरहरैचा नगरपालिकामा हप्तामा विभिन्न पार्टी प्रवेश गर्नेको संख्या १०० भन्दा माथी छ तर कार्यक्रम गुट गत तरिकाले आयोजना गरिने हुदा कार्यक्रममा उपस्थिती हुनेको संख्या एक दमै न्यून हुने गरेको उपस्थित एक काङ्ग्रेस कै नेताले बताएका छन ।

नेकपामा देखिएको गुट गत समस्या नेपाली काङ्ग्रेसमा समेत देखिदै आएको छ । पछिल्लो समय नेपाली काङ्ग्रेसद्वारा आयोजना हुने हरेक कार्यक्रममा गुट गत नेताहरु मात्र उपस्थिती हुँदै आएको एक नेताको भनाई रहेको छ । नाम नबताउने शर्तमा उनी भन्छन ” नेकपा र नेपाली काङ्ग्रेस ” एउटै हो बाहिर जे बोले पनि भित्र सबैको कुर्सी मुह रहेको छ । उनिहरुलाई काङ्ग्रेस भन्दा पनि गुट नै प्यारो भएको छ ।

देश भर एक भएर कार्यक्रम गर्ने भनिएताबोअनी काङ्ग्रेसको हरेक कार्यक्रममा गुट गत भेला मात्र हुने प्रत्येक कार्यक्रममा हुने उपस्थितिले देखाउदछ । आजको विरोध सभामा राम्रो उपस्थिति देखाउने भनिएता पनि उपस्थिती संख्या एक दमै न्यून रहेको थियो । आजको कार्यक्रममा नेपाली काङ्ग्रेस समर्थकको संख्या भने करिब ५० जनाको हाराहारीमा देखिन सकिन्थ्यो । प्रत्येक हप्ता नया सदस्य नेपाली काङ्ग्रेसले थपे पनि आजको विरोध सभामा देखिएको उपस्थितीले सुन्दरहरैचामा काङ्ग्रेस कमजोर रहेको सावित गरेको छ ।

केही नेताको आफ्नै दम्भ र घमण्डले नगरमा काङ्ग्रेस कमजिर बन्दै गएको काङ्ग्रेस कार्यकर्ताले भन्ने गरेका छन ।

सम्बन्धित खवर