प्रधानमन्त्री ओलीद्वारा केन्द्रीय कमिटीको बैठक आह्वान

प्रधानमन्त्री ओलीद्वारा केन्द्रीय कमिटीको बैठक आह्वान

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले यही पुस ७ गते पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् ।

नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार सो दिन बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने छ ।

पार्टीभित्र विवाद उत्पन्न भई प्रतिनिधिसभा विघटनपछिको स्थितिबारे केन्द्रीय कमिटीको बैठक बोलाइएको सो पार्टीले जनाएको छ ।

सम्बन्धित खवर