प्रचण्ड-नेपाल समूहका सांसदहरुको भेला बानेश्वरमा सुरु

प्रचण्ड-नेपाल समूहका सांसदहरुको भेला बानेश्वरमा सुरु

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको भेला बानेश्वरमा सुरु भएको छ ।

बानेश्वरमा रहेको संसद् भवनमा सांसदहरु भेला भएका हुन् । भेलालाई अध्यक्ष प्रचण्ड र नेता नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि अध्यक्ष प्रचण्डले विज्ञप्ति निकालेर पार्टी एकताबद्ध रहेको दाबी गर्नुभएको छ । उहाँले प्रतिनिधि सभा भङ्ग गरी मध्यावधि चुनावमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले पार्टी एकतामा तात्विक असर नगर्ने बताउनुभएको हो ।

सोमबार नै प्रधानमन्त्री केपी ओलीले आफ्ना पक्षका सांसदहरुको भेला बालुवाटारमा राख्नुभएको थियो । उहाँले दिउँसो तीन बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्बन्धित खवर