प्रधानमन्त्री ओलीले अहिले ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले अहिले ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेको उहाँको सचिवालयले जनाएको छ ।

आइतबार प्रतिनिधि सभा विघटन गर्नुभएका ओलीले अहिले भइरहेको चौतर्फी आलोचनालाई मध्यनजर गर्दै सम्बोधन गर्न लागेको बुझिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।

प्रतिनिधि सभा विघटन भइ ताजा जनादेशका लागि नयाँ चुनावको मिति आइतबार तय भएपछि यस विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्न लाग्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । आजै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी नेकपा) का स्थायी कमिटी सदस्य र निवर्तमान सांसद्सँग बालुवाटारमा परामर्श गर्नुभएको थियो ।

संसद् विघटनपछि नेकपासहित अन्य पार्टीहरूले विरोध गइरहेका छन्, देशैभरि प्रदर्शन भइरहेको छ ।

सम्बन्धित खवर