घुँडामा चोट लागेका कारण बिमल लामो समय मैदान बाहिर रहने

घुँडामा चोट लागेका कारण बिमल लामो समय मैदान बाहिर रहने

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तिमगर गम्भीर घाइते भएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उनको घुँडामा चोट लागेको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार विमलको ‘लिगामेन्ट’ च्यातिएको छ । उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । शल्यक्रियापछि मात्र खेलबाट के कति समय वञ्चित हुनुपर्ने हो थाहा हुने बताइएको छ ।

यसअघि विश्वकप छनोटको क्रममा बिमल तीन महिना अनुशासनको कारबाहीमा परेका थिए । उनी लामो समयको पखाइपछि बन्द प्रशिक्षणमा फर्किएका हुन् । पछिल्लो समय विमल मछिन्द्र क्लबमा आबद्ध छन् ।

सम्बन्धित खवर